images
images

माथिल्लो तामाकोशीको बाँधमा पाँच दिनदेखि वेपत्ता रमेश अझै फेला परेनन्, परिवारजन सोकमा

जिरी (दोलखा) । रोजगारीका लागि नासा हाइड्रोमा गएका रामेछापको उमाकुण्ड गाउँपालिकाका एक युवक तामाकोशीको बाँधमा हराएको पाँच दिनसम्म फेला नपरेपछि परिवार शोकमा परेका छन् ।

रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर १ वाल्दिङका २६ वर्षीय रमेश बस्नेत दोलखास्थित अपर तामाकोशी हाइड्रोपावर जलविद्युत आयोजनाको बाँधमा बेपत्ता भएपछि परिवारजन शोकमा डुबेका हुन् । बोटिङ गर्ने क्रममा बस्नेत सोमबारदेखि बेपत्ता भएपछि यतिबेला उनको परिवारमा बज्रपात परेको छ । बस्नेतको परिवारमा बुबाआमा र भाइबुहारी छन् । परिवारका जेठो छोरा उनी अविवाहित थिए । जेठो छोरा गुमाएपछि बुबा छिलध्व बस्नेत र आमा बेदकुमारी बस्नेतलाई अहिले ठुलो बज्रपात परेको हो । कक्षा १० सम्म अध्ययन गरेका उनी करिब ४ वर्ष मलेसिया बसेर गाउँमै फर्किएका थिए । पछिल्लो पटक उनी उमाकुण्ड गाउँपालिकाको सिमानामा रहेको लिखु हाइड्रोपावरमा सवारी चालकको रुपमा काम गर्दै आएका थिए । त्यसपछि ५ महिना यता दोलखाको लामाबगरस्थित नासा हाइड्रोको चालक कर्मचारीका रुपमा कार्यरत थिए ।

रोजगारीका लागि नासा हाइड्रोमा गएका रामेछापको उमाकुण्ड गाउँपालिकाका एक युवक तामाकोशीको बाँधमा हराएको पाँच दिनसम्म फेला नपरेपछि परिवार शोकमा परेका छन् । बोटिङ गर्ने क्रममा बस्नेत सोमबारदेखि बेपत्ता भएपछि यतिबेला उनको परिवारमा बज्रपात परेको छ । शसस्त्र प्रहरी बलको गोताखोर टोली लामावगर पुगेर हिजो दिनभर खोजतलास गरेपनि वेपत्ता भएका रमेशलाई अझै फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) गंगाप्रसाद पौडेलले जानकारी दिनुभयो ।

३ वर्षदेखि लिखु हाइड्रो पावरमा कार्यरत बस्नेत त्याहाँवाट सरुवा भएर दोलखास्थित नासा हाइड्रोमा पुगेको उनका काका मिरेन्द्र बस्नेतले बताउनुभयो । उनी गत फागुनदेखि घर छाडेर रोजगारीकालागि लामावगर आएका थिए । हाइड्रोको गाडी चलाउँदै आएका बस्नेत साउन २३ गते समुहमा बोटिङ गर्न गएका थिए । बोटिङको क्रममा रुखको हाँगा खसेपछि ज्यान जोगाउन हाम फालेपछि उनी बेपत्ता भएका थिए । सामान्य परिवारका बस्नेत घर व्यवहार धान्न रोजगारीका लागि उमाकुण्ड गाउँपालिकाको वाल्दिङदेखि नासा हाइड्रोमा पुगेका थिए । बस्नेतका परिवारले बोटिङ गर्ने क्रममा कम्पनीले सुरक्षाका सामाग्रि नदिएका कारण उनको मृत्यु भएको दावी गरेका छन् । बेपत्ता बस्नेत बोलेरो गाडी चालकको रुपमा कम्पनीले नियुक्ति गरेर काम गर्दै आएका थिए ।

बेपत्ता भएका रमेशलाई नासा हाईड्रोले तोकिएको कार्य क्षेत्र भन्दा अन्यत्र काम लगाएको र बोटिङको क्रममा तामाकोशीको बाँधमा खस्दा समयमै उद्धार नगरेका कारण दुर्घटना भएको परिवारजनको भनाई छ । बेपत्ता बस्नेतको खोजीको लागि अहिले एक दर्जन बढी आफन्तजन दोलखा आएका छन् । शसस्त्र प्रहरी बलको गोताखोर टोली लामावगर पुगेर हिजो दिनभर खोजतलास गरेपनि वेपत्ता भएका रमेशलाई अझै फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) गंगाप्रसाद पौडेलले जानकारी दिनुभयो ।