जिरी (दोलखा) । नेपाली काँग्रेस दोलखा प्रदेश ‘ख’ का सभापति बेपत्ता भएको ४ दिनपछि सम्पर्कमा आएका छन् ।
भक्तपुरबाट एक्कासी साउन २२ गते विहानदेखि बेपत्ता भएका दोलखा कांग्रेसका क्षेत्रीय सभापति चित्रप्रसाद दाहाल सम्पर्कमा आएका हुन् । काटाकुटी घर भएका उनी परिवार र आफन्तसँगै सम्पर्कविहिन हुन पुगेपछि प्रहरीले खोजी कार्य जारी राखेको थियो । ‘चरिकोट जान्छु’ भनी हिडेका उनलाई बालकोटबाट बा २० ख ९८२२ नम्बरको सार्वजनिक बसमा उनका भाई गणेशप्रसाद दाहालले चढाइदिएका थिए । तर, उनी सो दिन जिल्ला आइपुगेका थिएनन् । दाहाल सो दिन जडीबुटी पुगेर चरिकोटका लागि छुट्ने बसमा चढ्नु पर्नेमा बालकोटको महेन्द्र शान्ति स्कुल नजिकबाट गाडी चढेर आएर कंलकीमा पुगेर ओर्लीएको बुझिएको छ । त्यसपछि सभापति दाहालको मोबाईल पनि अफ भएको परिवारजनले बताएका थिए । सो क्रममा उनीहरुले उनको अपहरण भएको हो की ? भन्ने आशंका समेत गरेका थिए ।
सभापति दाहाल सम्पर्क विहिन भएको र पुग्नुपर्ने स्थानमा नपुगेपछि अपहरणको पनि शंकामा आफन्तले महानगरीय प्रहरी वृत ठिमी भक्तपुरमा उजुरी दिएका थिए । त्यस लगत्तै सञ्चार माध्यमहरुले समाचार पनि लेखेको थियो । उजुरी र समाचार सार्वजनिक भएपनि प्रहरीले खोजीकार्य अघि बढाएको थियो । कलंकीबाट सम्पर्कविहिन भएका उनी ४ दिनमा भने सकुशल भैरहवाबाट सम्पर्कमा आएका छन् । प्रहरीको सहयोगमा उनी भैरहवाबाट काठमाण्डौं आएको परिवारले बताएका छन् । काठमाडौं पुगे लगत्तै दाहालले कांग्रेस केन्द्रीय सदस्य लगायतलाई भेटेपछि उनी सकुशल रहेको तस्वीर सार्वजनिक भएको थियो ।
भक्तपुरबाट एक्कासी साउन २२ गते विहानदेखि बेपत्ता भएका दोलखा कांग्रेसका क्षेत्रीय सभापति चित्रप्रसाद दाहाल सम्पर्कमा आएका छन् । काटाकुटी घर भएका उनी परिवार र आफन्तसँगै सम्पर्कविहिन हुन पुगेपछि प्रहरीले खोजी कार्य जारी राखेको थियो । प्रहरीको सहयोगमा उनी भैरहवाबाट काठमाण्डौं आएको परिवारले बताएका छन् । काठमाडौं पुगे लगत्तै दाहालले कांग्रेस केन्द्रीय सदस्य लगायतलाई भेटेपछि उनी सकुशल रहेको तस्वीर सार्वजनिक भएको थियो ।
श्रोतका अनुसार कांग्रेस क्षेत्रीय सभापति दाहाल केही समय यता आर्थिक तनावमा छन् । किराना सामानको होलसेल व्यापारी समेत रहेका दाहाल आर्थिक तनावकै कारण भौतारिएर हिड्ने गरेको पारिवारीक श्रोतले बताएको छ । लेनदेनको कारोवार बिग्रिएका कारण कतिपय साथिभाईसँगको सम्वन्धमा पनि दरार आएको श्रोतको भनाई छ । विना जानकारी चार दिनसम्म सम्पर्कविहिन भएकोमा कांग्रेस नेता तथा कार्यकर्ताहरुले पनि जवाफ माग गरेका छन् ।
चार दिनसम्म सम्पर्कविहिन भएर भैरहवा पुग्नुको खास कारण दाहालले अहिलेसम्म खुलाएका छैनन् । तर, उनले सम्पर्कमा आएपछि सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफु केहीदिनदेखि सम्पर्कमा नरहँदा सम्पर्कमा ल्याउनका लागि सहयोग र सद्भावका साथ खोजीकार्य गर्ने आफन्तजन, इष्टमित्र लगायतलाई धन्यवाद दिँदै आफु के र कस्तो अवस्थामा सम्पर्क विहिन भएको भन्नेबारे केहीदिन पछि प्रष्ट पार्ने बताएका छन् । उनले केही दिनको आरामपछि आफु सम्पर्कमा नरहँदा केही व्यक्तिहरुले उठाएका शंकास्पद कुराहरुको जवाफ आधिकारीक रुपमा दिने बताएका छन् ।
तस्वीरः चार दिन सम्पर्कविहिन भएर काठमाडौं आईपुगेपछि कांग्रेस केन्द्रीय सदस्य अजयवावु शिवाकोटी लगायतसँग क्षेत्रीय सभापति दाहाल (ढाका टोपी लगाउने) ।










