काठमाडौँ । हनी ट्रयापमा पक्राउ परेका सिन्धुलीका एक दम्पत्ती १ लाख ५० हजार धरौटीमा रिहा भएका छन् ।
सिन्धुलीको कमलामाई नरपालिका ६ की ३१ वर्षीया कल्पना बस्नेत र उनका श्रीमान ३१ वर्षीय कृष्णहरि खड्का १ लाख ५० हजार धरौटीमा रिहा भएका हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले गत साउन ४ गते खडका् दम्पत्ती र नक्कली प्रहरी निरीक्षक (इन्स्पेक्टर) सञ्जय कार्कीलाई पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौंले खड्का दम्पतीलाई जनही १ लाख ५० हजार र सञ्जयलाई १ लाख रुपैयाँ धरौटीमा छाडेको प्रहरीले जनाएको छ ।
उनीहरु साउन १ गते न्यूरोडका एक जना व्यापारीलाई ‘ब्ल्याक मेलिङ’ गरेर ४० लाखको बार्गेनिङ गरेको आरोपमा पक्राउ परेका थिए ।










