images
images

चरिकोटमा गाईजात्राको रौनक, ऐतिहासिक दोलखा सहरमा भोली मनाईने

  • २७ श्रावण २०७९, शुक्रबार १५:३२

दोलखा। दिवङ्गत आफन्तहरूको सम्झना तथा उनीहरूको आत्म शान्तिको कामना गर्दै दोलखा सदरमुकाम चरिकोटमा गाईजात्रा पर्व भव्यरुपमा मनाईएको छ ।

चरिकोटमा विभिन्न समुदायका मानिसहरुले भव्यरुपमा गाईजात्रा मनाएका हुन् । चरिकोटको पुरानो बजारमा नेवार समूदायले बिभिन्न मौलिक बाजागाजाका साथ गाईजात्रा निकालेका छन् । बर्षमा एक दिन मनाईने गाईजात्रा पर्व आज दोलखामा पनि प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गित गाएर मनाईएको हो । विशेषगरी नेवारी समुदायमा बर्षभरी मृत्यु भएकाहरुको नाममा उनीहरुको चीर शान्तिको कामना गर्दै घर–घरवाट गाईजात्रा निकाल्ने चलन रहि आएको छ । गाई वा मानिसलाई गाईका रूपमा सिङ्गारेर नगर परिक्रमा गराउने प्रचलन अनुरूप यो पर्व मनाईँदै आएको छ ।

पुत्र शोकले भावव्हिल आफ्नी रानीलाई शान्त्वना दिन राजा प्रताप मल्लले दुनियाँले पनि यस्तै शोक व्यहोरेका छन् भन्ने देखाउन जनतालाई आ–आफ्ना परिवारमा मरेका व्यक्तिको सम्झनामा गाईजात्रा निकाली सहर परिक्रमा गराउन आदेश दिएकाले सोही वेलादेखि यो पर्व मनाउन थालिएको ईतिहाँसमा उल्लेख छ । यसवाट पनि रानीको मन शान्त नभएपछि राजाले प्रहसन र व्यङ्गात्मक कार्यक्रम पनि गर्ने प्रचलन चलाएको भन्ने जनविश्वास अनुरुप यो पर्व मनाउने गरिएको छ । गाईजात्राका दिन गाई वा त्यसको प्रतिकलाई नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

दिवङ्गत आफन्तहरूको सम्झना तथा उनीहरूको आत्म शान्तिको कामना गर्दै दोलखा सदरमुकाम चरिकोटमा गाईजात्रा पर्व भव्यरुपमा मनाईको छ । गाई वा मानिसलाई गाईका रूपमा सिङ्गारेर नगर परिक्रमा गराउने प्रचलन अनुरूप यो पर्व मनाईँदै आएको छ । दोलखा सहरमा भोली दिउँसो गाईजात्रा प्रदर्शन गरिसकेपछि वेलुकी सोह्र सय गोपिनीको नाच (ट्वाखल प्याखन) निकाल्ने गरिन्छ भने आईतवारवाट भैरवकुमारी जात्रा सुरु हुनेछ । चरिकोटमा लालिगुराँस युवा क्लव, चरिकोट गुठि लगायतका संघ/संस्थाले गाईजात्राको आयोजना गर्दै आएका छन् ।

गाईजात्राका दिन एक वर्षभरी दिवङ्गत भएका आफन्तहरूको सम्झनामा गाई वा मानिसलाई गाईका रुपमा सिंगारी आ–आफ्ना ईलाकामा परिक्रमा गराउने र उनीहरुलाई श्रद्धालुहरूद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने गरिन्छ । सोही विश्वासका आधारमा मल्लकालदेखि भाद्र कृष्ण प्रतिपदाका दिन उपत्यका लगाएत देशका विभिन्न स्थानमा यो पर्व मनाउन थालिएको हो । आज जनैपूर्णिमा र गाईजात्रा एउटै तिथिमा परेका कारण चरिकोटमा पनि गाईजात्रा नकिालिएको हो । चरिकोटमा लालिगुराँस युवा क्लव, चरिकोट गुठि लगायतका संघ/संस्थाले गाईजात्राको आयोजना गर्दै आएका छन् ।

यसैबीच, ऐतिहासिक, धार्मिक एवँ पुरात्तात्विक महत्वको सहर दोलखामा भने भोली मात्रै गाईजात्रा निकालिने भएको छ । आज ठूलो लाखे निकाल्नु पर्ने भएका कारण गाईजात्रा भोली मात्रै निकाल्ने तयारी भएको भीमेस्वर नगरपालिका–२ का पूर्व वडाअध्यक्ष बिराजमान श्रेष्ठले जानकारी दिनुभयो । गाईजात्रामा विशेष गरी दोलखाका नेवार समुदायले वर्षभर दिवंगत बनेका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईकोरुपमा सिंगारेर टोल–टोलमा परिक्रमा गराउने गर्दछन् । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म ८ दिन मनाईने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा दोलखामा पनि हर्षाेल्लासपुर्वक मनाउने गरिन्छ । सँस्कृतिले भरिपूर्ण दोलखा सहरमा गाईजात्रालाई बिशेष पर्वका रुपमा मनाउने गरिन्छ ।

दोलखा सहरमा भोली दिउँसो गाईजात्रा प्रदर्शन गरिसकेपछि वेलुकी सोह्र सय गोपिनीको नाच (ट्वाखल प्याखन) निकाल्ने गरिन्छ भने आईतवारवाट भैरवकुमारी जात्रा सुरु हुनेछ । ऐतिहासिक सहर दोलखामा गाईजात्राको भोलीपल्टदेखि पाँच रात लगातार मन्दिर र स्थानीय टोलहरुमा देखाईने भैरवकुमारी जात्रा निकै चर्चित छ ।