images
images

अखिल नेपाल खेलकुद महासंघ दोलखाको नयाँ नेतृत्व चयन

  • २७ श्रावण २०७९, शुक्रबार १५:५३

दोलखा। नेकपा माओवादी केन्द्र दोलखाले बिमल ओलीको अध्यक्षतामा २५ सदस्यीय अखिल नेपाल खेलकुद महासंघ गठन गरेको छ ।

अखिल नेपाल खेलकुद महासंघ दोलखाको प्रथम जिल्ला भेलाको अवसरमा आज ओलीको अध्यक्षतामा २५ सदस्यीय अखिल नेपाल खेलकुद महासंघ गठन गरिएको हो । महासंघको उपाध्यक्षमा रामशरण थापा मगर, सचिवमा सुरज तामाङ, सहसचिवमा लापासाङ शेर्पा र कोषाध्यक्षमा श्रृष्टि तामाङ चयन भएका छन् । प्रथम जिल्ला भेलाको अवसरमा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरु साथै खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने खेलाडीहरुलाई पनि सम्मान गरिएको अखिल नेपाल खेलकुद महासंघ दोलखाका ईञ्चार्ज पुष्कर अधिकारीले जानकारी दिनुभयो ।

भेलाको नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवँ जिल्ला इन्चार्ज देवी खड्काले उद्घाटन गर्नुभएको थियो । भेलामा माओवादी केन्द्रका युवा नेता एवँ बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्का, माओवादी केन्द्र दोलखाका संयोजक कुलवहादुर बुढाथोकी, खेलकूद महासँघका केन्द्रीय सचिव गोविन्द घिमिरे, वाईसिएल नेपालका केन्द्रीय लेखा आयोगका सदस्य नवराज अर्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।