
काठमाडौं । देशभर डेंगु संक्रमण फैलिएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नेपालका ७३ जिल्लामा डेंगु संक्रमण फैलिएको जनाएको हो । महाशाखाका अनुसार काठमाडौं उपत्यकामा मात्रै २८७ जनामा डेंगु संक्रमण देखिएको छ । डेंगुका कारण थप एकजनाको मृत्यु भएको छ । डेंगु संक्रमणका कारण झापाकी ४० वर्षीया महिलाको मृत्यु महाशाखाले जनाएको छ । गत पुसदेखि हालसम्म देशभर दुई हजार ३ सय भन्दा बढीमा डेंगु संक्रमण पुष्टि भइसकेको छ ।
यसअघि तनहुँको दर्मालीका ५० वर्षीय पुरुषको डेंगु संक्रमणका कारण मृत्यु भएको थियो । महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले डेंगु संक्रमणबाट हालसम्म दुई जनाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष नेपालमा डेंगुका कारण २० जनाको मृत्यु भएको थियो ।