हेटौँडा । बागमती प्रदेशका सवारी कार्यालयहरुमा तीन दिनदेखि सेवा ठप्प भएको छ ।
बागमती प्रदेशको भेहिकल रजिस्ट्रेसन सिस्टम (बीपी–भीआरएस) प्रणालीमा समस्या देखिएपछि प्रदेशभित्रका सवारी कार्यालयहरुको सेवा ठप्प भएको हो । बुधबार र विहिबार सर्भर डाउन भएको भन्दै केही सेवा प्रभावित भएको कार्यालयहरुमा शुक्रबार, आईतबार र सोमबार भने सबै सेवा ठप्प भएको छ । आज दिउँसोबाट अनलाईन प्रणाली सञ्चालनमा आएपनि अझै पूर्ण रुपमा सर्भर नचलेको कर्मचारीहरुले बताएका छन् । बीपी–भीआरएस प्रणालीमा समस्या देखिएपछि अनलाईन प्रणाली प्रयोग गरेर हुने सबै सेवा बन्द भएको हो ।
बागमती प्रदेशभित्रका साना ठुला सवारी कार्यालय एकान्तकुना ललितपुर, यातायात व्यवस्था कार्यालय मोटरसाईकल गर्जुधारा काठमाडौँ, यातायात व्यवस्था सेवा कार्यालय सल्लाघारी भक्तपुर र सानो भ¥याङ काठमाडौँबाट दिईने सेवा अवरुद्ध भएको छ । यस्तै, यातायात व्यवस्था सेवा कार्यालय काभ्रे, खुर्काेट, सिन्धुली र हेटौँडाबाट दिईने सवारी सेवा पनि ठप्प भएको छ ।
जसअनुसार सवारी कर तिर्न गएका सेवाग्राही सबैभन्दा बढि मर्कामा परेका छन् । यस्तै, सवारी दर्ता, नामसारी, रुट ईजाजत, पटके ईजाजत लगाएतका सेवा पनि प्रभावित भएको छ । सरकारी प्रणाली अवरुद्ध भएकाले पट्के ईजाजत समेत जारी नहुँदा सार्वजनिक सवारीले रिजर्भका लागि ईजाजत लिन पाएका छैनन् ।