images
images

सिन्धुपाल्चोककी एक महिलाको खोलामा डुबेर मृत्यु

  • २७ भाद्र २०७९, सोमबार १७:३१

सिन्धुपाल्चोक । सिन्धुपाल्चोककी एक महिलाको खोलामा डुबेर मृत्यु भएको छ ।

मेलम्ची नगरपालिका वडा नम्बर १० शिखरपुरकी ६० वर्षिया मिठु रावलको इन्द्रावती खोलामा डुवेर मृत्यु भएको हो । रावल आज दिउँसो खोलामा डुविरहेको अवस्थामा देखेपछि स्थानीयले तत्काल उद्धार गरी उपचारका लागि नगर अस्पताल मेलम्ची पु¥याएका थिए । उनको उपचारका क्रममा नगर अस्पतालमै मृत्यु भएको सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरिक्षक शिव बुढाथोकीले जानकारी दिनुभयो । मृतक महिलाको शव हाल अस्पतालमै राखिएको छ ।