images
images

असोज ७ गतेदेखि चार्डपर्व लक्षित पसल सञ्चालनमा आउने, खाद्य पदार्थमा ५ रुपैंया छुट पाइने

  • २७ भाद्र २०८१, बिहीबार ०८:१७

काठमाडौं । चार्डपर्व लक्षित सहुलियत मुल्य पसल आगामी असोज ७ देखि छठसम्म सञ्चालनमा आउने भएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्टा टे«डिङ कर्पोरेसन लिमिटेड र दुग्ध विकास संस्थानलाई परिपत्र गदै चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गर्न भनेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४२ जिल्लाका ६१ स्थानमा सहुलियत मुल्य पसल सञ्चालन गर्ने भएको छ । सहुलियत मुल्य पसलमा सबै किसिमको चामलमा प्रतिकलो पाँच रुपैंया छुट पाइने छ । कर्णालीको जुम्ली मार्सी चामल, कागुनो, चिनो, सिमी, उवा, तितेफापरमा प्रतिकिलो सात रुपैंया छुट पाइने छ ।

सबै प्रकारका दाल तथा गेडागुडीमा प्रतिकिलो पाँच, गहुँको पिठो, चिउरा, चिनी, गहुँलगायत वस्तुमा प्रतिकिलो सात, सनफ्लावर, भटमास तथा तोरीको तेलमा प्रतिलिटर सात र डिडिसी घ्यूमा प्रतिलिटर १० रुपैंया छुट तथा च्याङग्रा, खसी, बोकाको मासुमा प्रतिकिलो १० रुपैंया छुटको व्यवस्था मिलाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ । उपत्यकाबाहेक विभिन्न २२ जिल्लामा पनि साल्ट ट्रेडिङले सहुलियत सुविधा उपलब्ध गराउने छ । दुग्ध विकास संस्थानले यही भदौ १ गतेदेखि आगामी कात्तिक मसान्तसम्मका लागि चाडपर्व लक्षित छुट योजना सञ्चालन गरिरहेको छ ।

यस्तै, चाडपर्वको समयमा पेट्रोलियम पदार्थको सहज र नियमित आपूर्तिको व्यवस्था मिलाउन आयल निगमलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।