images
images

दोलखामा पछिल्लो २४ घण्टामा ९ जनामा डेंगु संक्रमण

  • २६ आश्विन २०७९, बुधबार ०९:५३

दोलखा । दोलखामा एकैदिन ९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय दोलखाका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका विभिन्न स्थानमा ९ जनामा डेंगु संक्रमण देखिएको हो । २४ घण्टाको अवधिमा भीमेश्वर नगरपालिकाका ६, बैतेश्वरका २ र तामाकोशी गाउँपालिकाका १ जनामा डेंगु संक्रमण भएको स्वास्थ्य कार्यालय दोलखाका सुचना अधिकारी पुरुषोत्तम अर्यालले जानकारी दिनुभयो । डेंगुसँगै मिल्दो जुल्दो लक्षण देखिएपछि अस्पताल पुगेका उनीहरुमा डेंगु पुष्टि भएको हो । दोलखामा पछिल्लो समय डेंगु तिव्र गतिमा फैलिएको छ । योसँगै दोलखामा डंगु संक्रमितको संख्या ५० पुगेको छ ।संक्रमित २८ जना पुरुष हुन् भने २२ जना महिला हुन् ।