images
images

दोलखा कांग्रेसका १८ कार्यकर्ताको कारवाही फुकुवा

  • २६ आश्विन २०७९, बुधबार १७:०७

जिरी (दोलखा) । नेपाली कांग्रेस दोलखाले स्थानीय तह निर्वाचनमा कारवाही गरेका तामाकोशी गाउँपालिकाका १८ जना नेता कार्यकर्तालाई कारवाही फुकुवा गरिदिएकोे छ ।

प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मिति नजिकिँदै गर्दा कांग्रेसले गत वैशाखमा स्थानीय तहको निर्वाचनका बेला कारवाही गरेका तामाकोशी गाउँपालिका २ का १८ जनालाई कारवाही फुकुवा गरिदिएकोे हो । गत स्थानीय तह निर्वाचनमा आधिकारीक उम्मेदवार विरुद्ध बागी उम्मेदवार दिने र तिनका प्रस्तावक तथा समर्थकलाई पार्टीको नीति विपरित कार्य गरेको भन्दै कारवाही गरिएको थियो । तर, उनीहरुले यही सोमबार अर्थात असोज २४ गते पार्टीको मूल्य, मान्यता र आदर्श अनुरुप कार्य गर्ने प्रतिवद्धता जनाएर फुकुवा गरिपाऊँ भनी संयुक्त निवेदन पेश गरेका थिए । त्यसपछि नेपाली कांग्रेस दोलखाको अनुशासन समितिले कारवाही फुकुवा गर्ने निर्णय गरेको पार्टी उपसभापति एवम् अनुशासन समितिका संयोजक छवि लामाद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको भूमिकालाई निगरानी गरि पार्टी हितमा काम गर्नेको कारवाही स्वतः फुकुवा हुने विज्ञप्तीमा भनेको छ ।

तामाकोशी २ का ईश्वर राज कार्की, नानीकाजी तामाङ, संगिता विक, कृपाध्वज कार्की, बरुण पाख्रिन, राजेन्द्र योञ्जन, विनोद कार्की, अच्युत कार्की, धनबहादुर योञ्जन, प्रदिप तामाङ, अविदित कार्की, पुस्कर सुनुवार, कर्ण बहादुर कार्की, हरिशरण केसी, बासुदेव कार्की, शम्भु कार्की, चक्रध्वज कार्की र सुजन कार्कीको कारवाही फुकुवा भएको छ ।