images
images

५० भन्दा बढी मुलुकको अर्थतन्त्र नाजुक

  • २६ कार्तिक २०७९, शनिबार ११:२९

काठमाडौं । विश्वका ५० भन्दा बढी मुलुकको अर्थतन्त्र नाजुक बन्दै गएको छ ।

विश्वभरका ५० भन्दा बढी मुलुकका गरिब देशको अर्थतन्त्र नाजुक बन्दै गएको संयुक्त राष्ट्र संघको अध्ययनले जनाएको हो । धनी मुलुकहरुले तत्काल सहयोग नगरेमा विश्वका ५० भन्दा बढी मुलुकको अर्थतन्त्र नाजुक बन्ने अवस्थामा रहेको संयुक्त राष्ट्रसंघका अधिकारीहरुले चेतावनी दिएका हुन् । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रममा प्रमुख आकम स्टाइनरका अनुसार मुद्रास्फिीति, उर्जा संकट तथा बढ्दो ब्याजदरका कारण धेरै मुलुको आर्थिक अवस्था नाजुक अवस्थामा पुगेका हुन् । सम्भावित आर्थिक संकटले गरिब देशका नागरिकहरुको जनजिवनमा गम्भीर प्रभाव पर्ने उहाँले बताउनुभयो ।