images
images

दोलखामा निर्वाचनका लागि १५६६ कर्मचारी परिचालन

  • २६ कार्तिक २०७९, शनिबार १५:४१

जिरी (दोलखा) । दोलखामा आगामी निर्वाचनका लागि १५ सय बढी कर्मचारी परिचालन गरिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दोलखामा १५ सय ६६ जना कर्मचारी खटिएका हुन् । एउटा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारीहरुगरी ८ जना खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दुई अस्थायी मतदान केन्द्रमा भने ३ /३ जना गरी ६ जना कर्मचारी खटाइएको छ । आज मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले निर्वाचनमा ९ वटै पालिकाको मतदान केन्द्रमा खटिएका कर्मचारीहरुको नाम र सम्पर्क नम्बर सार्वजनिक गरेको हो । दोलखामा २ अस्थायी सहित १९७ मतदान केन्द्र रहेको छ ।

यसैबीच, रामेछापमा १८१७ जना कर्मचारी परिचालन गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय मन्थलीले निर्वाचनमा खटिने १ हजार ८ सय १७ जना कर्मचारीहरुको नाम सार्वजनिक गरेको हो । दोलखा र रामेछापमा जम्मा ३ हजार ३ सय ८३ जना कर्मचारी मतदान केन्द्रहरुमा खटिएका छन् ।

यी हुन्, दोलखाको मतदान केन्द्रमा खटिएका कर्मचारीहरु