images
images

जाजरकोट भूकम्प पीडितलाई अस्थायी आवास निर्माणकालागि सरकारले ५० हजार दिने

  • २६ कार्तिक २०८०, आईतवार १५:०१

काठमाडौं । सरकारले जाजरकोट केन्द्रविन्दु भएको भूकम्प पीडितलाई अस्थायी आवासका लागि प्रतिपरिवार ५० हजारका दरले सहयोग उपलब्ध गराउने भएको छ ।

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको आज बसेको बैठकले उक्त रकम २५-२५ हजारका दरले दुई किस्तामा उपलब्ध गराउने निर्णय गरेको हो । साथै बझाङ केन्द्रविन्दु बनाइ गएको भूकम्पबाट पीडितलाई अस्थायी आवासका लागि पनि प्रतिपरिवार ५० हजार उपलब्ध गराउने यसअघिको उपप्रधान एवम् गृहमन्त्रीस्तरीय निर्णयलाई अनुमोदन पनि गरेको छ ।

बैठकले राहत उपलब्ध गराउन जाजरकोट र रुकुम पश्चिमलाई पाँच–पाँच करोड उपलब्ध गराउने कार्यकारी प्रमुखस्तरीय निर्णयको अनुमोदन गरेको छ । जाजरकोट, पश्चिम रुकुम र सल्यानमा प्रमुख जिल्ला अधिकारीले प्रतिकार्यका लागि गर्नसक्ने खर्च र सीमासमेत तोकेको छ ।