images
images

निर्वाचन आचारसंहिता आजदेखि फुकुवा

  • २६ मंसिर २०७९, सोमबार ०६:३७

काठमाडौं । निर्वाचन आचारसंसहता आजदेखि हट्ने भएको छ ।

निर्वाचन आयोगले मंसिर ४ गते सम्पनन प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी लागु गरेको निर्वाचन आचारसंहिता हटाएको छ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएर मतपरिणाम सावर्जनिक भइसकेकाले आजदेखि लागु हुनेगरी निर्वाचन आचारसंहिता हटाउने निर्णय गरेको आयोगका सहप्रवक्ता सुर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । यसअघि मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै आयोगले
असोज १२ गतेदेखि निर्वाचन आचारसंहिता लागु गरेको थियो । सो निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको आयोगले जनाएको छ ।