images
images

दोलखामा ७ हजार बढी बालवालिकामा कुपोषण

  • २६ मंसिर २०७९, सोमबार ०८:००

दोलखा । दोलखामा १७ महिनाको अवधिमा दुई वर्ष मुनिका ७ हजार बढी बालवालिका कुपोषित भएका छन् ।

२०७८ साल साउनदेखि २०७९ मंसिरसम्मको अवधिमा दुई वर्ष मुनिका ७ हजार १ सय ८५ जना वालिवालिका कुपोषित भएका हुन् । त्यसमध्ये ७ हजार ७९ जना वालवालिकाका सामान्य कुपोषित देखिएका छन् भने ४९ जना मध्यम र २५ जना बालबालिकामा कडा खालको कुपोषण भएको स्वास्थ्य कार्यालय दोलखाको तथ्यांकले देखाएको छ ।

कार्यालयका अनुसार २०७८ साल साउनदेखि २०७९ साल साउनसम्मको अवधिमा शुन्यदेखि ११ महिनासम्मका २९ सय ३८ जना बालवालिकामा सामान्य कुपोषण देखिएको छ भने २१ जनामा मध्यम र १३ जना बालकालिकामा गम्भिर प्रकृतिको कुपोषण देखिएको थियो । यस्तै सोही अवधिमा १२ देखि २३ महिनासम्मका २२ सय ८ जना बालवालकामा सामान्य, २२ जनामा मध्यम र एक जनामा कडा किसिमको कुपोषण देखिएको छ ।

दोलखामा १७ महिनाको अवधिमा दुई वर्ष मुनिका ७ हजार बढी बालवालिका कुपोषित भएका छन् । २०७८ साल साउनदेखि २०७९ मंसिरसम्मको अवधिमा दुई वर्ष मुनिका ७ हजार १ सय ८५ जना वालिवालिका कुपोषित भएका हुन् ।दुई वर्षमुनिका बालबालिकालाई कुपोषण र श्वासप्रश्वासको समस्याबाट बचाउन, स्वास्थ्यलाई फुर्तिलो बनाउन बालभिटा खुवाउने गरिन्छ । प्रत्येक स्थानीय तहले बालभिटा निशुल्क रुपमा उपलब्ध गराउने गर्दछन् ।

दोलखामा यो वर्षको साउनदेखि हालसम्मको अवधिमा मात्रै दुई वर्ष मुनिका १ हजार ९ सय ८२ जना वालवालिका कुपोषित भएका छन् । त्यसमध्ये १ हजार ९ सय ६५ जना वालवालिकामा सामान्य कुपोषण देखिएको छ भने ६ जनामा मध्यम र ११ जना बालबालिकामा कडा खालको कुपोषण देखिएको छ । साउनदेखि मंसिरसम्मको अवधिमा शुन्यदेखि ११ महिनाका १६ सय ९४ जना बालवालिकामा सामान्य, दुई जना मध्यम र १० जनामा कडा कुपोषण देखिएको छ । यस्तै १२ देखि २३ महिनाससम्मका २ सय ७१ जना बालवालिकामा सामान्य, चार जनामा मध्यम र एक जनामा कडा कुपोषण देखिएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । यो तथ्यांकलाई हेर्दा दोलखामा कपोषणको सिकार हुनेमा दुई वर्ष मुनिका बालबालिकाहरुको संख्या सर्वाधिक देखिएको छ ।

दुई वर्षमुनिका बालबालिकालाई कुपोषण र श्वासप्रश्वासको समस्याबाट बचाउन, स्वास्थ्यलाई फुर्तिलो बनाउन बालभिटा खुवाउने गरिन्छ । प्रत्येक स्थानीय तहले बालभिटा निशुल्क रुपमा उपलब्ध गराउने गर्दछन् । सरकारले बालबालिकालाई कुपोषणबाट मुक्त गर्न भन्दै बालभिटा निशुल्क रुपमा वितरण गरिरहे पनि अभिभावकमा बालबालिकालाई बालभिटा खुवाउनुपर्छ भन्ने चेतनाको विकास नहुँदा दोलखामा पनि धेरै जना बालवालिका कुपोषणको शिकार भएका छन् । विशेषगरी प्रयाप्त खाना तथा पोषकतत्वको कमी, रोग तथा संक्रमण र पोषण सम्बन्धी ज्ञानको कमीका कारण बालबालिकामा कुपोषण हुने गर्दछ । कुपोषणका कारण बालबालिकामा रोगसँग लड्ने क्षमतामा कमी आउने, शारीरीक तथा मानसिक विकासमा बाधा पुग्ने र बालबालिकाको अकालमा मृत्यु हुने सम्भावना बढी हुने चिकित्सकहरुले बताएका छन् ।