काठमाडौं । काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल सहित देशभरका ७१ वटा अस्पतालबाट सामाजिक सुरक्षा कोषको सुविधा पाईने भएको छ ।
सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि देशभरका ७१ वटा अस्पतालसँग अनलाइन सम्झौता गरेको हो । योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दावी भुक्तानी लिनु नपर्ने गरी देशभरका ७१ अस्पतालसँग अनलाइन सम्झौता गरिएको कोषका सहप्रवक्ता रोहित रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार बागमती प्रदेश अन्र्तगत धुलिखेल अस्पताल, शिर मेमोरियल अस्पताल लगायत २८ वटा अस्पतालबाट यो सुविधा पाईनेछ ।
सम्झौता भएका अस्पताल अन्र्तगत अनलाइन सेवा सञ्चालन भएका अस्पतालबाट कोषले उपलब्ध गराएका औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजना सेवा लिँदा लाभग्राहीले उपचार गर्दा लागेको रकममध्ये २० प्रतिशत मात्रै बुझाउनुपर्नेछ ।










