images
images

बैंकिङ कसुर मुद्धामा ७ करोड ९७ लाख बिगो कायम भएका पुरुष पक्राउ

  • २६ मंसिर २०८०, मंगलवार ११:२९

काठमाडौं । बैंकिङ कसुर मुद्धामा फरार रहेका ओखलढुंगाका एक पुरुष पक्राउ परेका छन् ।

ओखलढुंगाको चम्पादेविका शेरबहादुर मगरलाई प्रहरीले बैंकिङ कसुर मुद्धामा पक्राउ परेको हो । ७ करोड ९७ लाख ७० हजार विगो कायम भएका उनलाई ललितपुर महानगरपालिकाबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मगर बैंकिङ कसुर मुद्धामा अदालतबाट जरिवाना र कैद सजाय तोकिएपछि फरार भएका थिए ।