images
images

तस्करीको सुन पास गराउन विमानस्थल प्रहरीकै संलग्नता, प्रहरी र कर्मचारी सहित ३ जना पक्राउ

  • २७ मंसिर २०८१, बिहीबार ०७:४७

काठमाडौँ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट सुन तस्करीको आरोपमा प्रहरी र विमानस्थलका कर्मचारी सहित तीन जना पक्राउ परेका छन् ।

विमानस्थलमा कार्यरत प्रहरी जवान बाबुलाल विक, विमानस्थलका सफाई कर्मचारी राजन यादव र कतारबाट सुन लिएर आएका जनार्दन गुप्ता पक्राउ परेका हुन् । कतारबाट आएका युवकले ल्याएको सुन पासगराउन सहयोग गरेको भन्दै प्रहरी र कर्मचारीलाई पनि पक्राउ गरिएको हो ।

मंसिर २३ गते फ्लाई दुवईको उडानमार्फत कतारबाट आएका गुप्ताले सो सुन ल्याएको र सुनपास गराउन प्रहरीलाई नै प्रयोग गरिएको पाईएको विमानस्थल कार्यालयले जनाएको छ । सो दिन विमानस्थलको आन्तरिक टर्मिनलतर्फको ड्युटीमा खटिएका प्रहरी जवान बाबुलाल अन्तराष्ट्रिय टर्मिनलको भन्सार क्षेत्रमा देखिएपछि शंका लागेर चेकजाँच गर्दा तस्करीको सुन पास गराउन उनको संलग्नता भेटिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बरामद भएको सुन करिव १७ लाख मुल्य बराबरको रहेको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरी जवान सहित तीन जनालाई पक्राउ गरि भन्सार कार्यालय बुझाईएको गौतमबुद्ध विमानस्थल सुरक्षा कार्यालयका प्रमुखएसएसपी रमेश बस्नेतले जानकारी दिनुभयो ।