images
images

धादिङमा सडक खन्ने क्रममा तिन जना पुरिएर बेपत्ता

  • २९ पुष २०७८, बिहीबार ०५:१०

काठमाडौं । धादिङमा सडक खन्ने क्रममा पहिरो खस्दा तिन जना बेपत्ता भएका छन् ।
जिल्लाको रुबीभ्याली गाउँपालिका वडा नम्बर १ मा सडक खन्ने क्रममा पहिरो खस्दा पुरिएर तीन जना बेपत्ता भएका हुन् । सडक खन्ने क्रममा माथिबाट पहिरो खस्दा डोजर सहित चालक, सहचालक र बाटो समितीका एक जना बेपत्ता भएको खबर आएको धादिङका एसपी राकेश सिंहले जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।