images
images

बागमती प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन हुँदै

  • २९ पुष २०७९, शुक्रबार ०७:५५

हेटौंडा । बागमती प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन हुँदैछ ।

आज बिहान ११ बजेदेखि सभामुख चयनका लागि निर्वाचन हुने भएको हो । प्रदेशसभाको सभामुखका लागि ३ जनाको उम्मेवारी परेको छ । सत्ता गठबन्धनबाट राप्रपाका भुवनकुमार पाठक, नेपाली कांग्रेसबाट शिवराज अधिकारी र नेमकिपाकी सिर्जना सयजुले उम्मेदवारी दिएका हुन् । पाठकलाई एमालेका सांसद जगन्नाथ थपलियाले प्रस्ताव र माओवादी केन्द्रका युवराज दुलालले समर्थन गरेका छन् ।

यस्तै, नेपाली कांग्रेसका अधिकारीको प्रस्तावकमा कुन्दनराज काफ्ले र रामकृष्ण चित्रकार समर्थक रहेका छन् । सत्ताबाहिर रहेको नेपाली कांग्रेससँग ३७ जना सांसद रहेका छन् । नेपाल मजदुर किसान पार्टीकी तर्फबाट बागमती प्रदेशको सभामुखका लागि उम्मेदवारी दिएकी सांसद सिर्जना सायजुको प्रस्तावकमा नेमकिपाका सांसद सुरेन्द्रराज गोसाईँ र गीता काफ्ले समर्थक बसेकी छिन् । सात दलिय गठबन्धनको सत्ता भागबन्डामा बागमती प्रदेशको सभामुख राप्रपाको भागमा परेपछि राप्रपाका पाठक सभामुख बन्ने निश्चित जस्तै भएको छ । बागमती प्रदेशमा कांग्रेसका ३७, एमालेका २७, माओवादीका २१, राप्रपाका १३, एकिकृत समाजवादीका ७, नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुई जनागरी एक सय १० जना प्रदेशसभा सदस्य रहेका छन् ।