images
images

राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा सरकारमा जाने

  • २९ पुष २०७९, शुक्रबार ०८:१०

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन आफ्नै पार्टीको नेतृत्व गर्दै सरकारमा जाने भएका छन् ।

राप्रपा उच्च स्रोतका अनुसार लिङ्देन उपप्रधानमन्त्रीसहित सात दलीय गठबन्धन सरकारमा सहभागी हुन लागेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच बुधधार र बिहिबार भएको मन्त्रालय भागबन्डा सम्बन्धी छलफलमा भागबन्डाबारे सहमति भइसकेको छ । सो सहमति लाई गठबन्धन बैठकबाट अन्तिम रुपमा दिइएपछि मन्त्रीपरिषद् विस्तारको बाटो खुल्नेछ ।