images
images

बागमतीको सभामुखमा राप्रपाका भुवन पाठक निर्वाचित

  • २९ पुष २०७९, शुक्रबार १४:०२

हेटौँडा । हेटौँडा । बागमती प्रदेशसभा सभामुखमा भुवन पाठक निर्वाचित भएका छन् ।

आज बसेको प्रदेशसभाको बैठकमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार पाठक सभामुखमा निर्वाचित भएका हुन् । राप्रपा महामन्त्री समेत रहेका पाठकले ६२ मत पाएका छन् भने उनको विपक्षमा ४९ मत खसेको छ । ७ जना प्रदेशसभा सदस्य तटस्थ बनेका छन् । यसअघि प्रमुख विपक्षी नेपाली कांग्रेशका शिवराज अधिकारीले र नेमकिपाकी सृजना सायजुलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।