images
images

भीमेस्वर र वैतेस्वरको जग्गा वर्गिकरणः यी हुन कृषि र गैर कृषि क्षेत्र

  • २९ पुष २०७९, शुक्रबार १९:०६

दोलखा । दोलखाका ९ वटा स्थानीय तहमध्य दुई वटा स्थानीय तहले मात्रै जग्गा वर्गिकरण गरेका छन् ।

जिल्लाको भीमेश्वर नगरपालिका र वैतेश्वर गाउँपालिकाले आफ्नो पालिकाभित्र रहेको जग्गा वर्गिकरण गरेका हुन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कृषि क्षेत्रको संरक्षण गर्न स्थानीय तहलाई आफ्नो पालिकाको जग्गा २०७९ मंसिर २३ गतेसम्म कृषि र गैर कृषि गरी बिभाजन गर्न निर्देशन दिएको थियो । तर, नियमावली जारी भएको ७ महिनामा दोलखाका जम्मा दुई वटा पालिकाले मात्रै जग्गा वर्गिकरण गरिएको जानकारी सहितको पत्र मालपोत कार्यालय दोलखामा पठाएका छन् ।

भीमेश्वर नगरपालिकाले कृषि र गैर कृषि क्षेत्रमा जग्गा छुट्याए पनि पूर्णरुपमा वर्गिकरण भने गरेको छैन । नगरपालिकाले लामोसाँघु–जिरी सडकखण्डको सडक सिमाबाट दायाँबायाँ दुई मिटर गैह्र कृषि क्षेत्र र बाँकी अन्य कृषि क्षेत्र कायम गर्ने, चरिकोट–दोलखा–सिंगटी सडकको सडक सिमाबाट दायाँबायाँ १ सय ५० मिटर गैर कृषि क्षेत्र र बाँकी अन्य कृषि क्षेत्र कायम गर्ने भएको छ ।

दोलखाका ९ वटा स्थानीय तहमध्य दुई वटा स्थानीय तहले मात्रै जग्गा वर्गिकरण गरेका छन् । जिल्लाको भीमेश्वर नगरपालिका र वैतेश्वर गाउँपालिकाले आफ्नो पालिकाभित्र रहेको जग्गा वर्गिकरण गरेका हुन् ।भीमेश्वर नगरपालिकाले कृषि र गैर कृषि क्षेत्रमा जग्गा छुट्याए पनि पूर्णरुपमा वर्गिकरण भने गरेको छैन । मालपोत कार्यालय दोलखाले भीमेस्वर नगरपालिकाले गरेको वर्गिकरण अस्पस्ट रहेको र यो स्पष्ट नभएसम्म जग्गाको कित्ताकाट नहुने बताएको छ ।

यस्तै भीमेश्वर नगरपालिकाबाट प्रादेशिक सडकहरु कालिञ्चोक–चरिकोट सडक, घेवापानी–सेरा–निगाले बाघखोर सडक, दोलखा–नागदह–क्षेत्रपा सडक, भटमासे–जिलु–मार्वु सडक, मिलघुम्ती–गाईघाट–२१ किलो सडक, गौरीशंकर बालगृह–महांकल–शैलुङ सडक, पार्टीखोला–उखुबारी–मागादेउराली सडकको सिमाबाट दायाँबायाँ एक सय ५० मिटर गैह्रकृषि क्षेत्र र बाँकी अन्य कृषि क्षेत्र कायम गर्ने भएको छ ।नगरपालिकाले नगर सडकहरुको सडक सिमाबाट दायाँबायाँ एक सय गैह्र कृषि र बाँकी अन्य कृषि क्षेत्र कायम गर्ने तथा राजकुलो सिमाबाट दायाँबायाँ ५० मिटर गैरकृषि क्षेत्र र बाँकी अन्य कृषि क्षेत्र कायम गर्ने भनेको छ । नगरपालिकाले व्यवसायीक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, नदि–खोला–ताल–पोखरी, सिमसार क्षेत्र, सार्वजनिक उपयोगको क्षेत्र र सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र पछि निर्धारण गर्ने जनाएको छ । तर, मालपोत कार्यालय दोलखाले भीमेस्वर नगरपालिकाले गरेको वर्गिकरण अस्पस्ट रहेको र यो स्पष्ट नभएसम्म जग्गाको कित्ताकाट नहुने बताएको छ ।

जग्गाको वर्गिकरण गर्न स्थानीय तहहरुले ढिलाई गर्दा अंशबन्डा, जग्गा कारोवार र कित्ताकाट लगायतमा समस्या भएको छ । सरकारले गत जेठ २७ गते परिपत्र जारी गरी कित्ताकाट रोक्न भनेपछि दोलखामा पनि ७ महिनादेखि कित्ताकाट रोकिएको छ । मालपोत कार्यालयबाट जग्गाको कित्ताकाट नभएपछि सर्वसाधारण नागरिक समस्यामा परेका छन् । जग्गा बेच्ने तयारीमा रहेकाले जग्गा बेच्न पाएका छैनन भने अंशबन्डा गरेर आफ्नो नाममा जग्गा सार्न पाएका छैनन् । अंशबन्डा गरिएको जग्गा पास गर्न भन्दै मालपोत कार्यालयमा आउने सर्वसाधरणलाई स्थानीय सरकारसँग समन्वय गर्र्नु भनी फर्काउने गरिएको मालपोत कार्यालय दोलखाका प्रमुख धनकुमार तमाङले बताउनुभयो ।

यसरी गरियो वैतेस्वरको वर्गिकरण

वैतेश्वर गाउँपालिकाले पनि जग्गाको वर्गिकरण गरी संघीय भू उपयोग परिषद, प्रदेश भू उपयोग परिषद, नापि विभाग काठमाडौं, जिल्ला मालपोत कार्यालय दोलखा र जिल्ला नापि कार्यालयमा जानकारी सहित पत्र पठाएको छ । गाउँ कार्यपालिकाको यही पुस २७ गते बसेको बैठकले बर्गिकरण गरिएको जग्गालाई अनुमोदन गरेपछि वैतेश्वर गाउँपालिकाले जानकारी सहितको पत्र सवै निकायमा पठाएको हो ।वैतेश्वर गाउँपालिकाले वडा नम्बर १ लाई ९ क्षेत्रमा वर्गिकरण गरेको छ । जसअनुसार व्यवसायीक क्षेत्र र आवासिय क्षेत्रको जग्गा भन्दा बाहेकका अन्य वर्गिकरणमा नपरेका सम्पुर्ण जग्गाहरुलाई कृषि क्षेत्रमा वर्गिकरण गरेको छ । यस्तै आवासिय क्षेत्र, व्यवसायीक क्षेत्र, औद्योगिक क्षेत्र, खानि तथा खनिज क्षेत्र, वन क्षेत्र, नदि खोला ताल पोखरी क्षेत्र, सार्वजनिक उपयोग क्षेत्र र सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्रमा वर्गिकरण गरिएको छ ।

वडा नम्बर २ लाई ८ क्षेत्रमा बर्गिकरण गरिएको छ । सो वडालाई कृषि क्षेत्र, आवासिय क्षेत्र, व्यवसायीक क्षेत्र, खानी तथा खनिव क्षेत्र, वन क्षेत्र, नदि खोला ताल पोखरी सिमसार, सार्वजनिक उपयोग र सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्रमा वर्गिकरण गरिएको छ । वैतेश्वर गाउँपालिका वडा नम्बर ३ लाई पनि ८ क्षेत्रमा वर्गिकरण गरिएको छ भने वडा नम्बर ४ लाई ९ क्षेत्रका वर्गिकरण गरिएको छ । वडा नम्बर ५, ६ लाई ९–९ क्षेत्रमा वर्गिकरण गरिएको छ भने ७ र ८ लाई ८–८ क्षेत्रमा वर्गिकरण गरिएको छ । वैतेश्वर गाउँपालिकाबाट जग्गा वर्गिकरणको पत्र आएपनि अध्ययन गर्न बाँकी रहेको मालपोत कार्यालयले जनाएको छ ।