images
images

हेटौँडामा आफ्नै भाईले दाजुलाई पेट्रोल छर्केर लगाए आगो

  • २८ पुष २०८०, शनिबार १८:१२

हेटौँडा । हेटौँडामा आफ्नै भाईले दाजुलाई पेट्रोल छर्केर आगो लगाएका छन् ।

हेटौँडा उपमहानगरपालिका–४ चिल्ड्रेन पार्क गर्दाेहीका अन्दाजी ३२ वर्षीय कुमार गिरीलाई उनकै आफ्नै भाई २८ वर्षीय रवि गिरीले पेट्रोल छर्केर आगो लगाएका हुन् । मादक पदार्थ सेवन गरेपछि उनीहरुबीच विवाद भएको थियो । विवाद बढ्दै गएपछि रविले आफ्नै दाई कुमारको शरीरमा पेट्रोल छर्केर आगो लगाएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार आगोले जलेर गम्भिर घाइते भएका कुमारलाई उपचारको लागि हेटौँडा अस्पताल लगिएको थियो ।

हेटौँडा अस्पतालमा उनको उपचार सम्भव नभएपछि थप उपचारको लागि चितवन रिफर गरिएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता भण्डारीका अनुसार आगो लगाउने भाई रविलाई भने वडा प्रहरीले नियन्त्रणमा लिएको छ ।