images
images

आजदेखि एक महिने स्वस्थानी व्रत सुरु

  • २९ पुष २०८१, सोमबार ०६:०७

काठमाडौं । आज पौष शुक्ल पुर्णिमा, नेपाली सनातन धर्मावलम्बीहरुले एक महिने श्री स्वस्थानी व्रत सुरु गर्दैछन् ।

पौष शुक्ल पुर्णिमादेखि माघ शुक्ल पुर्णिमासम्म स्वस्थानी परमेश्वरीको व्रत लिने परम्परा छ । विधिपुर्वक व्रत बस्नेले दिनहुँ स्नान गरी मध्याहमा महादेव र स्वस्थानीको पुजा आराधना गर्नेछन् । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात् हुन्छ ।

बिहान माघ स्नान गरी मध्यान्हकालमा महादेवको पूजा आराधना गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।

एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पुर्णिमामा विशेष पुजा आराधान गरी अक्षता, फलफुल, नैवेद्य, जनै, वान र सुपारी लगायतका १ सय ८ को संख्यामा चढाउने परम्परा छ । यसरी विधिपुर्वक व्रत गर्नाले मनोकांक्ष पुरा हुने विश्वास गरिन्छ ।