
काठमाडौँ । चर्चित वाईल्डलाईफ फोटोग्राफर सोलुखुम्वुका चुङबा शेर्पाको निधन भएको छ ।
सोलुखुम्वुको खुम्वु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगना भएका शेर्पाको ६४ वर्षको उमेरमा निधन भएको हो । उनको गएराति ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको खुम्बु पासाङल्हामु गाउँपालिकाङ–१ का वडाअध्यक्ष फुनुरु शेर्पाले जानकारी दिनुभयो ।
फोटोग्राफर शेर्पाको कलेजो सम्बन्धी समस्याका कारण एक् सातादेखि भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो । केही वर्षदेखि वाईल्डलाईफ फोटोग्राफीमा सक्रिय शेर्पा फोटोग्राफी सम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थासँग आवद्ध रहेका थिए । पर्यटन व्यवसायमा आवद्ध उनी चौँरीखर्कका पूर्व गाविस अध्यक्ष समेत हुन् ।
राजनीतिमा समेत संलग्न शेर्पा नेपाली कांग्रेस खुम्वु पासाङल्हामु गाउँपालिकाका सभापति समेत रहेका थिए । शेर्पाको दुई छोरा र तीन छोरी छन् ।