
रामेछाप । रामेछापका ७ हजार बढी छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइँदै छ ।
जिल्लाका कक्षा ६ देखि १० सम्म अध्ययनरत ७ हजार ६३ जना छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन लागेको हो । जिल्लामा दुई चरणमा खोप लगाइँदैछ । छात्राहरुलाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी प्यापीलोमा भाईरस विरुद्धको खोप लागाईने जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार शाहले जानकारी दिनुभयो ।
पहिलो चरणमा आगामी माघ २२ गतेदेखि २४ गतेसम्म मन्थली नगरपालिका,उमाकुण्ड गाउँपालिका, गोकुलगंगा गाउँपालिका, खाँडादेवी गाउँपालिका, दोरम्बा शैलुङ गाउँपालिका र सुनापती गाउँपालिकामा खोप अभियान संचालन हुनेछ ।
दोश्रो चरणमा माघ २८ देखी ३० गते सम्म रामेछाप नगरपालिका र लिखु तामाकोशी गाउँपालिकामा खोप अभियान संचालन हुनेछ । नेपाल सरकारले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट प्रमाणित सो खोप १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई आगामी माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरी एकैसाथ खोप लगाउन लागेको हो ।