images
images

रवि लामिछाने अझै दुई दिन न्यायिक हिरासतमा रहने

  • २९ पुष २०८१, सोमबार १६:३२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बहस नसकिएपछि अझै न्यायिक हिरासतमा रहने भएका छन् ।

आजदेखि थुनछेक बहस सुरु गरिएकोमा नसकिएपछि बुधबार मात्रै हुने भएको छ । सोही अनुसार लामिछाने अझै दुई दिन काठमाडौँ प्रहरी परिसरको हिरासतमै रहने भएका हुन् । भोली सरकारी बिदा भएकाले लामिछानेको मुद्धामा बुधबार मात्रै थुनछेक बहस हुने भएको छ ।

काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्धामा बयानका लागि हिजो आँफै अदालत उपस्थित भएका लामिछानेलाई हिजो बयान सकिएपनि थुनछेकको बहस हुन नसकेपछि न्यायिक हिरासतमा राखिएको थियो ।