images
images

कांग्रेस नेता श्रेष्ठ भूमी आयोग दोलखाको अध्यक्ष नियुक्त

  • २९ पुष २०८१, सोमबार १६:४०

दोलखा । भूमी आयोग दोलखाको अध्यक्षमा कांग्रेस नेता राकेश श्रेष्ठ नियुक्त भएका छन् ।

दोलखाको भीमेश्वर नगरपालिका– २ का श्रेष्ठलाई भूमी आयोगको अध्यक्षमा नियुक्त गरिएको हो । श्रेष्ठलाई भूमी समस्या समाधान आयोग गठन आदेश, २०८१ को दफा ८ को उपदफा (१) को खण्ड (क) बमोजिम मन्त्रीस्तरीय निर्णयबाट आज भूमी समस्या समाधान आयोग, जिल्ला समिति दोलखाको अध्यक्षमा नियुक्त गरिएको हो । अध्यक्षको पदावधि आयोग गठन आदेशको दफा ८ को उपदफा (३) बमोजिम हुनेछ ।

भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भुमीहिन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि मुलुकका सबै जिल्लामा भूमी आयोग गठन गरिरहेको छ ।

सत्तारुढ दलहरुबीच कांग्रेस र एमालेले ३५/३५, जनता समाजवादी पार्टीले ४ र लोकतान्त्रिक समाजवादी पार्टीले ३ जिल्लाका अध्यक्ष सिफारिस गर्ने सहमति भएको थियो । सोही अनुसार कांग्रेसको भागमा परेको दोलखामा नेता श्रेष्ठको अध्यक्षतामा आयोग गठन गरिएको हो ।