images
images

किन आए माओवादी अध्यक्ष प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे ?

  • २९ पुष २०८१, सोमबार १८:०४

सिन्धुपाल्चोक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे आउनुभएको छ ।

अध्यक्ष प्रचण्ड राष्ट्रिय बिच भलिबल प्रतियोगिताको उद्धघाटनका लागि आज सुकुटे आउनुभएको हो । उहाँले भोली देखि सुरु हुने सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिताको उद्धघाटन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमका लागि उहाँ आजै सुकुटे आउनुभएको हो ।

उहाँले सिन्धुपाल्चोक आएर आज पार्टीका नेता कार्यकर्तासँग भेटघाट र छलफल गर्नुभएको छ । साथै जानप्रतिनिधि र सुरक्षा अधिकारीसँग बाढी पहिरो प्रभावित क्षेत्रको पुननिर्माण लगाएतका विषयमा पनि जानकारी लिनुभएको छ ।