images
images

प्रचण्डको भौतिक योजना मन्त्रालयका सचिवलाई फोन-‘कोदारी मार्ग तत्काल सुचारू हुनु पर्यो’

  • २९ पुष २०८१, सोमबार १८:४६

सिन्धुपाल्चोक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढीपहिरोबाट क्षतिग्रस्त सडक तत्काल मर्मत गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।

आज सिन्धुपाल्चोक आउनुभएका अध्यक्ष प्रचण्डले सुकुटेमा पार्टीका नेता कार्यकर्ता, जनप्रतिनिधि र सुरक्षा अधिकारीसँग छलफलपछि यस्तो आग्रह गर्नुभएको हो । अध्यक्ष प्रचण्डले बाढी पहिरो प्रभावित क्षेत्रको पुननिर्माण लगाएतका विषयमा जानकारी लिएपछि भौतिक योजना मन्त्रालयका सचिवलाई फोन गरेर बाढी पहिरोबाट क्षतिग्रस्त सडकको तत्काल मर्मत गरी सहज रुपले सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गर्नुभयो ।

उहाँले अरनीको लोकमार्ग अन्र्तगत चिनसँग सिमा जोड्ने कोदारी सडकखण्ड तत्काल मर्मत गरि यातायात सूचारु गराउने व्यवस्था मिलाउन आग्रह गर्नुभएको हो । सरकारले तत्काल मर्मतमा मात्रै ध्यान दिए पनि आवागमन सहज हुने भन्दै उहाँले मर्मत कार्य अघि बढाएर पुननिर्माणलाई गति दिन आग्रह गर्नुभयो ।

काठमाडौँ–सिन्धुपाल्चोक खण्डमा दुई वटा बेलिब्रिज बनाउने र पहिरो गएको सडक खण्डमा राम्रोसँग मर्मत गरेमा आवागमन सहज हुने अवस्था रहेको उहाँको भनाई छ । गत असोजमा आएको बाढी पहिरोले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक लगाएतका जिल्लामा ठुलो क्षति पु¥याएको थियो ।

अध्यक्ष प्रचण्डले बाढी पहिरोको विपद लगत्तै पनि प्रभावित स्थलको निरिक्षण गर्नुका साथै प्रभावित स्थलमा उद्धार, राहत र पुर्नस्थापनामा नेता कार्यकर्ता परिचालन गरि विपद व्यवस्थापमा पहल गर्नुभएको थियो ।