images
images

मेलुङ स्वास्थ्य चौकीमा सञ्चालनमा आयो ल्याव सेवा

  • २९ पुष २०८१, सोमबार २१:२७

जिरी(दोलखा) । मेलुङ गाउँपालिका–७ स्थित मेलुङ स्वास्थ्य चौकीमा स्वास्थ्य परिक्षण प्याथोलोजि (ल्याव) सेवा सञ्चालनमा आएको छ ।

मेलुङ स्वास्थ्य चौकीमा ३६ प्रकारका परिक्षण गर्न सक्ने गरी ल्याव सञ्चालनमा आएको हो । उक्त ल्याव एक समारोहकाविच मेलुङ गाउँपालिकाका हिरा कुमार तामाङले उद्घाटन गर्नु भयो । उद्घाटन मन्तव्य राख्दैै अध्यक्ष तमाङले ल्याब सेवा न्युनतम शुल्कबाट सेवा सुचारु गर्ने र उक्त स्वास्थ्य चौकीमा एक्स्रे, इसिजी लगायतका सेवाहरु थप गर्दै लैजाने प्रतिबद्धता जनाउनुुभयो । यो सँगै विशेषगरी वडा नम्बर ७ र आसपासका   वडाका नागरिकहरु लाभान्वित हुनेछन् ।

मेलुङ–७ का वडाध्यक्ष नबराज खड्काको अध्यक्षतामा सम्पन्न भएको समारोहमा पालिका उपाध्यक्ष गायत्री आचार्य, वडा नम्बर ६ को वडा अध्यक्ष कुशुम लामा, मेलुङ स्वास्थ्य शाखा प्रमुख हरिराम चापागाईं, स्वास्थ्यकर्मी र महिला स्वयंसेवीका लगायतको सहभागीता थियो ।