images
images

बौद्ध भुवनेश्वरी माविको ६२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

  • २९ पुष २०८१, सोमबार २१:५८

जिरी(दोलखा) । दोलखाको जिरी नगरपालिका–२ स्थित बौद्ध भुवनेश्वरी माध्यमिक विद्यालयको ६२ औं वार्षिकोत्सव तथा अविभावक दिवस सम्पन्न भएको छ ।

विद्यालयको ६२ औं वार्षिकोत्सव तथा अविभावक दिवसको जिरी नगरपालिकाका प्रमुख मित्र बहादुर जिरेलले उद्घाटन गर्नुभयो । वर्षीकोत्सवको अवसरमा विद्यालयका प्रधानाध्यापक आङ बाव शेर्पाले विद्यालयको वार्षीक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले आर्थिक वर्ष २०८०/८१ को १ करोड ५७ लाख २२ हजार ४७ रुपैंया बराबरको आयव्यय विवरण प्रस्तुत गर्नुभएको हो ।

सो क्रममा ५० लाख प्रदेश सरकार र जिरी नगरपालिकाबाट विद्यार्थी आवास निर्माणको लागि ठेक्का भएरा बन्ने चरणमा रहेको प्राध्यानाध्यापक शेर्पाले बताउनुभयो । हाल १४ जना शिक्षक रहेको उक्त विद्यालयमा जम्मा २८५ जना विद्यार्थी रहेका छन् । बौद्ध भुवनेश्वरीमा नर्सरी देखि कक्षा १२ सम्म पठनपाठन हुँदै आएको छ । बौद्ध भुवनेश्वरी माविमा २०५९ सालदेखि ७०० जनाले एसएलसी तथा एसईई र २०७७/७८ देखि ५३ जनाले कक्षा १२ उत्रिर्ण गरिसकेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नम्बर-२ का वडाध्यक्ष निम्पल्दे शेर्पाको अध्यक्षतामा सम्पन्न ६२ औं वार्षिकोत्सव तथा अविभावक दिवसको अवसरमा जिरी नगरपालिकाका उपप्रमुख कृष्णमाया बुढाथोकी खड्का, नेपाली कांग्रेस जिरी नगर सभापति सोनाम शेर्पा, शहिद स्मृती आवासिय माविका प्रधानाध्यापक केन्द्र ज्योति खड्का र जिरी माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमार जिरेल लगायत विद्यार्थी तथा अभिभावकहरूको सहभागिता थियो ।