images
images

आजबाट सिनेमा हल खुल्ला, पुष्पा र चपलीहाइट प्रदर्शनमा

  • १ फाल्गुन २०७८, आईतवार ०९:२९

कोभिड महामारीको कारण देखाउँदै बन्द भएका सिनेमा हल आजबाट खुल्ला हुने भएका छन् ।

जिल्ला प्रशासन कार्यालयले काठमाडौंले फागुन १ गतेबट स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अनुमति दिएसँगै आजैबाट सिनेमा हल नियमित सञ्चालनमा आउने भएका हुन् । सिनेमा हल खुल्ला गर्ने अनुमति पाएसँगै काठमाडौं उपत्यकाका सिनेमा हलमा दक्षिण भारतीय चलचित्र पुष्पा र नेपाली चलचित्र चपली हाइट–३ लगायतका सिनेमा हलमा प्रदर्शनमा जाने छन् । कोभिड महामारी अन्तगर्तको ओमिक्रोन देखा परे पछि सरकारले माघ पहिलो साता देखी सिनेमाहल लगायतका सार्वजनिक स्थानमा भीडभाड कम गर्ने उदेश्यसहित बन्द गर्ने निर्णय गरेको थियो ।