काठमाण्डौ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ ।
काँग्रेसको एक नेताले महाभियोग प्रस्ताव दर्ता गराएका हुन् । आज बिहान काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ९८ सांसदको हस्ताक्षर सहित प्रधानन्यायाधीशविरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको सभामुखको प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो । प्रधानन्यायाधीशले न्यायपालिकाको मर्यादामा आँच पुर्याएको, व्यक्तिगत स्वार्थमा लागि परेको आरोप लागेको महाभियोग प्रस्तावमा दावी गरिएको छ ।
प्रधानन्यायाधीशको राजीनामाको माग गर्दै नेपाल बार एसोसिएसनले समेत निरन्तर आन्दोलन गर्दै आएको छ ।