images
images

काठमाडौंमा बर्डफ्लुको त्रास, मानिसमा पनि संक्रमणको खतरा

  • १ फाल्गुन २०७८, आईतवार १८:०१

काठमाडौं । काठमाडौंमा मानिसमा पनि संक्रमण हुनसक्ने बर्डफ्लु भेटिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ मा मानिसमा पनि संक्रमण हुनसक्ने बर्डफ्लु भेटिएको जानकारी दिएको हो । काठमाडौं र चितवनमा यस्ता लक्षण सहितको फ्लु भेटिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौंको गोकर्णेश्वर नगरपालिका ३ र चितवनको राप्ती नगरपालिका वडा नम्बर ६ स्थित कृषि फार्ममा पालिएका कुखुराको नमुना केन्द्रिय पशुपंक्षि रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा परीक्षण गर्दा (एच.पी.ए.आई.सब टाइफ एच. फाइभ.एनवान एभिएन एन्फ्लुन्जा) बर्डफ्लु पुष्टि भएको छ । प्रभावित क्षेत्रमा रोग नियन्त्रणका लागि प्रयास भइरहेको छ । एभिएन एन्फ्लुन्जा भाईरसको संक्रमण विशेषगरी पंक्षिहरुमा हुने भए पनि हाल पुष्टि भएको एच फाइभ एन वानले मानिसलाई पनि संक्रमण गराउन सक्ने चिकित्सकहरुले बताएका छन् । यसको लक्षण श्वास प्रश्वासमा समस्या हुने भएकाले मानिसहरुमा बर्डफ्लु भए नभएको प्रयोगशालामा परिक्षण पछि मात्रै पुष्टि गर्न सकिनेछ ।