images
images

सिन्धुलीमा मोटरसाईकल दुर्घटनामा परि दुई पुरुषको मृत्यु

  • १ फाल्गुन २०७९, सोमबार ०८:३२

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मदन भण्डारी लोकमार्ग अन्र्तगत मरिण गाउँपालिका ७ महेस्ता क्याम्पस चोकमा मोटसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । दुर्घटनामा परि मरिण गाउँपालिका ४ का ३३ वर्षीय जितेन्द्र माझी र सोही स्थानका ३२ वर्षीय मेषबहादुर माझीको मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ । गएराती महेस्ता क्याम्पस चोकमा रोकिराखेको ना ३ त १६० नम्बरको ट्याक्टरसँग धमिलेबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ५८ प ९०१८ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार उनीहरु गम्भीर घाइते भएका थिए ।
दुवै जनाको उपचारका क्रममा प्राथमिक स्वास्थ्य चौकी कपिलाकोटमा मृत्यु भएको सिन्धुलीका प्रहरी निरिक्षक किशोर ढुंगानाले जानकारी दिनुभयो ।