images
images

ट्राफिक प्रहरीले बढाएको जरिवाना कार्यान्वयन नहुने

  • १ फाल्गुन २०७९, सोमबार १८:०३

काठमाडौं । ट्राफिक नियम पालनामा कडाई गर्न ट्राफिक प्रहरीले बढाएको जरिवाना कार्यान्वयन नहुने भएको छ ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा आज बसेको बैठकमा सवारी तथा यातायात व्यवस्था ऐन अनुसार नै जरिवाना उठाउने सहमति भएको हो । कानुन विपरित बढेको जरिवाना खारेज गर्न माग गर्दै यातायात मजदुर र व्यवसायीहरु आन्दोलित भएपछि सरकार जरिवाना बढाउने निर्णयबाट पछि हटेको हो । बैठकले ट्राफिक प्रहरीले लागु गरेको नयाँ जरिवाना कानुनसंगत नभएकाले अब कानुन अनुसार नै उठाउने सहमति भएको मन्त्रालयका सचिव केशव कुमार शर्माले जानकारी दिनुभयो ।

त्यसका लागि ट्राफिक प्रहरीले सफ्टवेयरमा पनि परिवर्तन गरेको छ । गत पुस ३ गतेयता ट्राफिक प्रहरीले १६ प्रकारका सवारी नियम उल्लंघनमा पहिलो पटकमै १५ सय रुपैँया जरिवाना लिन थालेको थियो । अब सफ्वेयरमा परिवर्तन भएसँगै कानुन अनुसार सवारी ऐन मिच्नेलाई पहिलो पटकमा ५ सय, दोस्रो पटकमा एक हजार र तेस्रो पटक वा सो भन्दा बढी पटक सवारी नियम उल्लंघन गर्नेलाई १५ सय रुपैँया जरिवाना गर्ने व्यवस्था गरिएको छ । सोही अनुसार अब जरिवानको दर कार्यान्वयन हुनेगरी सहमति भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो ।