images
images

काठमाडौंको बालाजु–माछापोखरी क्षेत्र तनावग्रस्त, प्रहरीको भ्यान र प्रहरी बिटमा आगजनी

  • १ फाल्गुन २०७९, सोमबार १८:५६

काठमाडौं । काठमाडौंको बालाजु माछापोखरी क्षेत्र तनावग्रस्त बनेको छ ।

ट्राफिक जरिवानाको विषयलाई लिएर आन्तदोलनरत यातायात मजदुरहरुको आमहड्ताल र आगजनीका कारण सो क्षेत्र तनावग्रस्त बनेको हो । आन्दोलनकारीले प्रहरीको दुई वटा भ्यानमा आगजनी गरेका छन् भने माछापोखरी चोकमा रहेको प्रहरीको अस्थायी पोष्टमा पनि आगजनी गरेका छन् । यतिबेला प्रहरी टोली घटनास्थलमा पुगेको छ । प्रहरीले केहीसेल अश्रुग्यास प्रहार गरेको छ । जवाफमा प्रदर्शनकारीहरुले प्हरीमाथि ढुंगामुढा गरेका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायाता मजदुर संघ र नेपाल यातायात मजदुर संघ पछिल्लो समय ट्राफिकले बृद्धि गरेको जरिवाना विरुद्ध आन्दोलनरत छन् ।उनीहरुले आज दिउँसोदेखि बालाजु, माछापोखरी, गोगंवु र सामाखुसी चोकमा सडक अवरुद्ध गरेका थिए । साथै उनीहरुले भोली काठमाडौं उपत्यकामा सार्वजनिक सवारी बन्दको घोषणा पनि गरेका छन् ।

यता, ट्राफिक नियम पालनामा कडाई गर्न ट्राफिक प्रहरीले बढाएको जरिवाना कार्यान्वयन नहुने निर्णय भइसकेको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा आज बसेको बैठकमा सवारी तथा यातायात व्यवस्था ऐन अनुसार नै जरिवाना उठाउने सहमति भएको हो ।