images
images

जनयुद्धमा योगदान गर्ने सम्पूर्ण परिवर्तनका पक्षधर एकताबद्ध हुन प्रधानमन्त्रीको अपिल

  • १ फाल्गुन २०८०, मंगलवार १४:५२

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी युद्धका सहयात्रीहरुलाई एकताबद्ध हुन अपिल गर्नुभएको छ ।

माओवादीले आज आयोजना गरेको २९ औँ जनयुद्ध दिवसको अवसरमा उहाँले शुभकामना व्यक्त गर्दै जनयुद्धमा योगदान गर्ने सम्पूर्ण परिवर्तनका पक्षधरलाई एकताबद्ध हुन अपिल गर्नुभएको हो । प्रधानमन्त्री प्रचण्डले परिवर्तनका लागि बलिदान गर्ने योद्धाहरुलाई आरोपित गर्ने अधिकार कसैलाई पनि नभएको उल्लेख गर्नुभयो ।सामाजिक न्याय र सुशासन कायम गरेर अघि बढ्ने अवसर सबैलाई भएको बताउँदै अध्यक्ष प्रचण्डले संकल्प गर्न सबै एकताबद्ध हुन अपिल गर्नुभयो ।

उहाँले जनयुद्ध नेपालको इतिहासको दूरगामी महत्वको रहेको र आगामी दिनमा पनि रहने विश्वास व्यक्त गर्दै नेपालमा जनयुद्ध सम्भव छ भन्ने निष्कर्षसहित आफूहरु अघि बढेको र सोही अनुसार जनताले पनि अभियानमा सहयोग गरेको बताउनुभयो ।