images
images

५ किलो लागुऔषधसहित रामेछाप र सिन्धुलीका दुई युवक पक्राउ

  • १ फाल्गुन २०८१, बिहीबार १८:४२

काठमाडौँ । ५ किलो लागुऔषध सहित रामेछाप र सिन्धुलीका दुई युवक पक्राउ परेका छन् ।

रामेछापको मन्थली नगरपालिका–१४ का २४ वर्षीय युवक र सिन्धुली र भइ नयाँबस्ती बस्ने ३० वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको हो । यद्धपी उनीहरुको पहिचान भने खुलाईएको छैन । दुवै जनालाई आज दिउँसो काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ जोरपाटी नयाँ बस्तीबाट सशस्त्र प्रहरी बलको टोलीले पक्राउ गरेको हो । उनीहरुलाई ५ किलो पोलाईन्ड नामक लागुऔषधसहित नियन्त्रणमा लिईएको सशस्त्र प्रहरी बलका डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार ईन्टिलिजेन्स व्युरोको सूचनाका आधारमा स्थानीय एक होटलबाट प्लास्टिकमा प्याक गरिएको ५ किलोग्राम सो पदार्थसहित उनीहरु पक्राउ परेका हुन् । सशस्त्र प्रहरीले ती युवकसँगै स्कुटर र मोटरसाईकल पनि नियन्त्रणमा लिएको छ ।