images
images

जनयुद्ध दिवसमा माओवादी केन्द्र दोलखाको द्धीप प्रज्वलन

दोलखा । जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादी केन्द्र दोलखाले आज द्धीप प्रज्वलन सहित विभिन्न कार्यक्रम गरेको छ ।

माओवादी केन्द्र दोलखाले ३० औँ जनयुद्ध दिवसको अवसरमा आज जिल्लाभर द्धिप प्रज्वलन सहितको कार्यक्रम गरेको हो । जसअनुसार आज साँझ दोलखा सदरमुकाम चरिकोटस्थित सातदोबाटोमा द्धीप प्रज्वलन गरिएको छ । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य नर पाख्रिन लगाएतका नेताहरुको सहभागिता रहेको थियो ।

यस्तै, जिरीमा पनि द्धिप प्रज्वलन कार्यक्रम भएको छ । कार्यक्रममा नेकपा माओवादी केन्द्र दोलखाका संयोजक कमल श्रेष्ठ सहितका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको छ । जनयुद्ध दिवसको अवसरमा सबै स्थानीय तहमा आज द्धिप प्रज्वलन सहित विभिन्न कार्यक्रम भएको माओवादी केन्द्र दोलखाले जनाएको छ । नेकपा माओवादी केन्द्रले प्रत्यक वर्ष फागुन १ गते जनयुद्ध दिवस मनाउने गरेको छ ।