images
images

मोटरसाइकल दुर्घटना परी रामेछापका एक पुरुष गम्भिर घाईते

  • २९ फाल्गुन २०७९, सोमबार ०९:१५

रामेछाप । रामेछापमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा एक पुरुष गम्भिर घाईते भएका छन् ।

मन्थली नगरपालिका वडा नम्बर ७ भटौलीका ३६ वर्षिय तिर्थराज प्रसाई दुर्घटनामा परी गम्भिर घाईते भएका हुन् । उनलाई रामेछाप सामुदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको रामेछाप प्रहरीले जनाएको छ । देवकोटा चोकबाट बसपार्कतर्फ जाँदै गरेको ना ५५ प ६१०६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको बा ६७ प ८७९७ नम्बर मोटरसाइकल मन्थली नगरपालिका वडा नम्बर १ कटहरबोटमा आपसमा ठोक्किएको हो । घटना लगत्तै ना ५५ प ६१०६ नम्बरको मोटरसाइकल चालक स्थानीय रमेश माझिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी उनी पनि सामान्य घाईते भएका छन् ।