
हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयका भवनहरु हेटौंडा उपमहानगरपालिका १६ हटियामा बनाउने भएको छ ।
प्रदेश मन्त्रिपरिषदको आज बसेको बैठकले हटियाको शिबम् सिमेन्ट उद्योगसँग जोडिएको जग्गामा मन्त्रालयको भवन र अन्य महत्पुर्ण पुर्वाधारहरु बनाउन वातावरणीय प्रभाव मुल्यांकन गर्ने निर्णय गरेको हो । हटियाको ५४ विगाह जमिन मात्रै प्रयोगका लागि संघीय सरकारबाट स्वीकृत प्राप्त भएको सरकार प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले जानकारी दिनुभयो । बागमती प्रदेसले आफ्नो संरचना बनाउन नसक्दा अहिले ९ वटा मन्त्रालय भाडाको घरबाट सञ्चालन भइरहेको छ भने मुख्यमन्त्री कार्यालय सहितका अरु मन्त्रालय र कार्यालयहरु तत्कालीन संघीय सरकारका विभिन्न भवनहरुबाट सञ्चालित छन् ।