
काठमाडौँ । १५ वर्षअघि भक्तपुरमा भएको ट्याक्सी चालक हत्या प्रकरणका आरोपी काभ्रेपलाञ्चोकका युवक पक्राउ परेका छन् ।
हत्या आरोपमा फरार रहेका काभ्रेपलाञ्चोकको साविक भुग्देउ महांकाल गाविस –७ घर भएका ३६ वर्षीय बाबु तामाङलाई प्रहरीले पक्राउ गरेको हो । उनी भक्तपुरमा १५ वर्षअघि टयाक्सी चालक मेघ लामाको हत्या गरेर फरार भएका आरोपी हुन् । उनलाई हत्यामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाईएको थियो ।
प्रहरीले उनलाई औपचारिक रूपमा झापाको नेपाल–भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको बताए पनि उनी भारतबाट पक्राउ परेका हुन् । प्रहरी स्रोतका अनुसार उनलाई भारतको चेन्नईबाट पक्राउ गरेर बुधबार काठमाडौं ल्याइएको हो ।