images
images

दोलखा सदरमुकाममै दिनहुँ चोरी, मुखमा पट्टी बाँधेर लुटपाट

दोलखा । दोलखा सदरमुकाम चरिकोटमा दिनहुँ चोरीका घटना हुन थालेका छन् ।

दिउँसै चोरी हुन थालेपछि सदरमुकामबासी नै त्रासमा बस्नुपर्ने बाध्यता सिर्जना भएको छ । चोरीको गिरोहले दिउँसो कोही नभएको मौका छोपेर घर वा कोठाको चाबी फोडेर चोरी गर्ने गरेको छ भने रातको समयमा विभिन्न घरेलु हातहतियार देखाई धम्क्याएर लुटपाट गर्नेक्रम पनि बढ्दै गएको छ । पछिल्लो पटक यही चैत्र २५ गते सदरमुुकाम चरिकोटको चरिघ्याङ स्थित एक पत्रकारको कोठामा चोरी गर्ने समूहले दिउँसै कोठाको चाबी फोडेको हो । सो घरमा कोही नभएको मौका छोपेर चाबी फोडेर कोठाको खानतलासि गरी सामानहरु समेत यत्रतत्र छरेको चोरले केही पाउन नसकेपछि त्यत्तिकै फरार भएको थियो । यद्यपि प्रत्यक्षदर्शि स्थानीयले सो समयमा एक जना व्यक्तिमात्रै सो घरभित्र पसेको बताएका छन् ।

यस्तै, जिल्ला प्रहरी कार्यालय दोलखामा यही चैत १७ गते बेलुकी चरिकोटको चिसापानीस्थित सडक नजिकै रहेको एक घरमा चोरी भएको बिषयमा उजुरी परेको छ । स्थानीय मानबहादुर तामाङको घरमा साँझ साँढे सात बजेको समयमा श्रीमान् श्रीमति खाना खाने तयारी गर्दै गर्दा आएको ५ जनाको समूहले लुटपाट गरेको हो । सुरुमा बाहिर कुकुर भुकेपछि हेर्न जाने क्रममा ५ जना देखेको र किन आएको भन्दा बैठक छ भन्दै ढोकामा रहेका तमाङलाई भित्रै धकेलेको सो समूहले आक्रमण गरेर मुखमा रुमाल राखि हातखुट्टा बाँधिदिएको थियो । चोरले श्रीमतिलाई समेत बाँधेर घरमा खानतलासि गरी १ लाख १५ हजार रुपैयाँ चोरेको र आफ्नो हातको औँठी र श्रीमतिको कानको रिङ गरी चार तोलाको सुन लुटेको तमाङले बताएका छन् ।

दोलखा सदरमुकाम चरिकोटमा दिनहुँ चोरीका घटना हुन थालेका छन् । चोरीको गिरोहले दिउँसो कोही नभएको मौका छोपेर घर वा कोठाको चाबी फोडेर चोरी गर्ने गरेको छ भने रातको समयमा विभिन्न घरेलु हातहतियार देखाई धम्क्याएर लुटपाट गर्नेक्रम पनि बढ्दै गएको छ । चोरीमा संलग्न गिरोहहरुले नगद, गरगहनासँगै लत्ताकपडा, भाडाकुँडा समेत चोरेर लैजाने गरेको जनगुनासो बढ्दै गएको छ । चोरीका घटना बढेपनि ४/५ हजार नगद, लत्ताकपडाका लागि प्रहरीकोमा उजुरी गर्ने कुरालाई स्थानीयले झन्झटिलो मान्दै आएका छन् ।

हल्ला गरे नछाड्ने भन्दै अगाडि खुकुरी देखाएर नगद र सुन लुटपाट गरेपछि सो समूह घरको ढोका थुनेर फरार भएको थियो । घटनाको विषयमा जिल्ला प्रहरी कार्यलयमा उजुरी परेपछि डाँकाचोरी मुद्धा दर्ता गरेर अनुसन्धान गरिरहेको र घटनामा संलग्नको खोजि कार्य भइरहेको दोलखा प्रहरीले जनाएको छ । यस्तै, भीमेश्वर नगरपालिका वडा नम्बर ६ स्थित गैरास्वाँरा टोलको एक घरमा पनि दिउँसै चोरी भएको थियो । बिहान कोठाको चाबी लगाएर माथिल्लो तलाको भान्सामा व्यस्त रहेका एक परिवारको घरमा दिउँसै चोरी भएको हो । ढोकामा चाबी लगाएपनि झ्यालको भेन्टिलेसनबाट चुकुल खोलेर कोठामा पसेको चोरले दराज फोडेको हो । यद्यपि दराजको लकरको चाबी खोल्ने क्रममा माथिबाट कोही आएको आशंकामा सो समूह त्यत्तिकै छोडेर फरार भएपनि कोठाको झोलामा राखेको ३ हजार रुपैयाँ नगद भने चोरी गरेर लगेको थियो ।

सोही टोलको एक घरमा साँझको समयमा भाडामा बसेका एक व्यक्ति अफिसबाट आएर चाबी खोल्ने क्रममा सँगसँगै अचानक पसेका ४/५ जनाको समूहले बन्दुक देखाएर लुटपाट गरेको थियो । चोरी गर्ने समूहले कोठामा राखिएको नगद ५ हजार र नयाँ केही लत्ताकपडा लगेको थियो । दोलखामा चोरीका घटना हरेक दिनजसो हुने गरेका छन् । चोरीमा संलग्न गिरोहहरुले नगद, गरगहनासँगै लत्ताकपडा, भाडाकुँडा समेत चोरेर लैजाने गरेको जनगुनासो बढ्दै गएको छ । चोरीका घटना बढेपनि ४/५ हजार नगद, लत्ताकपडाका लागि प्रहरीकोमा उजुरी गर्ने कुरालाई स्थानीयले झन्झटिलो मान्दै आएका छन् । यस्तै, कतिपय स्थानमा चोरले धम्की दिने गरेका कारण पनि चोरी भएको घरपरिवारबाट भन्दा पनि छरछिमेकबाट चोरीको घटनाको बिषयमा जानकारी हुने गर्दछ । प्रहरीकोमा उजुरी नै नदिने भएका कारण पनि चोरी गर्ने गिरोहको मनोवल बढ्दै गएको देखिन्छ ।