images
images

ओखलढुंगामा जिप दुर्घटना हुँदा दुई प्रहरीको मृत्यु

  • ३० चैत्र २०७८, बुधबार ११:४२

ओखलढुंगा । ओखलढुंगामा जिप दुर्घटनामा परी दुई प्रहरीको मृत्यु भएको छ ।
ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा नम्बर ६ हिलेपानी नजिकै भँडारे खोलामा जिप दुर्घटना हुँदा एक प्रहरी हवल्दार र जवान सहित दुई प्रहरीको मृत्यु भएको हो । मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा कार्यरत प्रहरी हवल्दार भुपेन्द्र कार्की र प्रहरी जवान मनिक राजबंशि रहेका छन् । दुर्घटनामा ५ जना घाईते भएका छन् । घाईतेमध्ये चार जनाको अवस्था गम्भिर रहेको ओखलढुंगाका प्रहरी निरीक्षक लंक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सोलुखुम्बुबाट बिराटनगरका लागि छुटेको बा १७ च १०९४ नम्बरको जिप दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । ९ जना सवार जिप सडकबाट करिब सय मिटर तल खसेको थियो ।

दुर्घटनामा घाईते भएकाहरुको जनसेवा अस्पताल घुर्मि र उदयपुरको घुर्मि स्थित आस्था अस्पतालमा उपचार भैरहेको छ । गम्भीर घाईतेहरुलाई उपचारका लागि हेलिकप्टरमार्फत् काठमाण्डौ लैजाने तयारी भैरहेको प्रहरीले जनाएको छ ।