images
images

दोलखाका स्थानीय तहको एक वर्षको बेरुजु ४ लाख ८१ हजार, भीमेश्वर नगरपालिकामा बढी

  • ३० चैत्र २०७९, बिहीबार १९:४३

दोलखा । दोलखाको ९ वटा स्थानीय तहमा एक वर्षमा ४ लाख ८१ हजार ४ सय १८ रुपैँया बेरुजु देखिएको छ ।

महालेखा परिक्षकको कार्यालयले आज सार्वजनिक गरेको प्रतिवेदन अनुसार दोलखाका ९ वटा स्थानीय तहमा गत आर्थिक वर्ष २०७८/७९ मा कुल १२ करोड २१ लाख २६ हजार ७६ रुपैँयाको लेखापरिक्षण गर्दा ४ लाख ८१ हजार ४ सय १८ रुपैँया बेरुजु देखिएको हो । प्रतिवेदन अनुसार भीमेश्वर नगरपालिकामा सवैभन्दा बढी ८५ हजार ९ सय ७८ रुपैँया अर्थात् ३ दशलमव ९२ प्रतिशत बेरुजु देखिएको छ । भीमेश्वर नगरपालिकाको २१ लाख ९५ हजार ४ सय ६६ रुपैँयाको लेखा परिक्षण गरिएकोमा सो रकम बेरुजु देखिएको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै शैलुङ गाउँपालिकाको ११ लाख ७२ हजार ९ सय १७ रुपैँयाको लेखा परिक्षण गर्दा ३५ हजार ८ सय ८ रुपैँया बेरुजु देखिएको छ । यो भनेको ३ दशलमव ०५ प्रतिशत हो । प्रतिवेदन अनुसार जिरी नगरपालिकाको ११ लाख ५२ हजार १ सय ९८ रुपैँयाको लेखापरिक्षण गर्दा ५६ हजार १ सय ४० रुपैँया अर्थात् ४ दशमलव ८७ प्रतिशत बेरुजु देखिएको छ । यस्तै कालिञ्चोक गाउँपालिकाको १४ लाख ६३ हजार ४ सय ११ रुपैँयाको लेखा परिक्षण गरिएकोमा ६३ हजार ८ सय ८१ रुपैँया अर्थात् ४ दशलमव ३७ प्रतिशत बेरुजु देखिएको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार मेलुङ गाउँपालिकाको ११ लाख २४ हजार ८ सय ४६ रुपैँयाको लेखापरिक्षण गर्दा ४२ हजार ५ सय ६६ रुपैँया बेरुजु देखिएको छ । यो भनेको लेखापरिक्षण गरिएको बजेटको ३ दशलव ७८ प्रतिशत हो । यस्तै विगु गाउँपालिकाको ११ लाख १६ हजार ५ सय ७१ रुपैँयाको लेखापरिक्षणमा ५४ हजार २ सय १ रुपैँया अर्थात् ४ दशलव ८५ प्रतिशत बेरुजु देखिएको छ । महालेखा परिक्षकको प्रतिवेदन अनुसार वैतेश्वर गाउँपालिकाको १२ लाख ५९ हजार ९ सय ६७ रुपैँयाको लेखापरिक्षणमा ३३ हजार ९ सय ३७ अर्थात् २ दशमलव ६९ प्रतिशत बेरुजु देखिएको छ ।

यसैगरी गौरीशंकर गाउँपालिकाको १२ लाख ६१ हजार ५ सय ८ रुपैँयाको लेखा परिक्षण गर्दा ४७ हजार ५ सय ३६ बेरुजु देखिएको छ । यो भनेको ३ दशलमव ७७ प्रतिशत हो । तामाकोशी गाउँपालिकाको १४ लाख ६५ हजार ७ सय ९२ रुपैँयाको लेखापरिक्षण गर्दा ६१ हजार ५ सय ७१ रुपैँया अर्थात् ४ दशलमव २ प्रतिशत बेरुजु देखिएको छ ।