images
images

डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता ६३ नेपाली अमेरिकाबाट निष्कासित

  • ३१ चैत्र २०८१, आईतवार ०७:१९

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता ६३ नेपाली नागरिक अमेरिकाबाट निष्कासित भएका छन् ।

अमेरिकी राष्ट्रपतिमा ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता ६३ नेपाली नागरिक निष्कासित भएका हुन् । अमेरिकी सरकारले उनीहरूलाई चरणबद्ध रूपमा फर्काएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको जिम्मा लगाएको छ । ट्रम्पको दोस्रो कार्यकाल सुरु भएको पर्सिपल्ट २२ जनवरीदेखि अमेरिकाले आधिकारिक कागजातबिना बसोबास गरिरहेका आप्रवासीलाई निष्कासन गर्ने अभियान चलाएको थियो । पहिलो दिन नै एक नेपाली निष्कासनमा परेका थिए ।

२२ जनवरीयता ७ महिला र ५६ पुरुष गरी ६३ नेपालीलाई अमेरिकाले फर्काएको अध्यागमन कार्यालयले जनाएको छ । अध्यागमनका अनुसार अमेरिकाबाट डिपोर्ट भएर नेपाली आउने क्रम जारी छ । डिपोर्ट भएकालाई विमानस्थल अध्यागमनले कागज गराएर थप सोधपुछका लागि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा लगाउँदै आएको छ ।